सिरहामा बसले मोटरसाइललाई ठक्कर दिँदा एकको मृत्यु

सिरहामा बसले मोटरसाइललाई ठक्कर दिँदा एकको मृत्यु

सिरहा,२१ फागुन ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना।४ ख ४२६५ नम्बरको बसलाई उछिनेर बढ्ने क्रममा को। ४ प २०९८ नम्बरको मोटरसाइल विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर पल्टिँदा बसले किच्न पुगेको थियो ।

मृत्यु हुनेमा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमान रहेका छन् ।

प्रहरीका अनुसार दुवै मोटरसाइकल एक आपसमा ठोकिएपछि सडकमै लडेका रहमानलाई ना।४ ख ४२६५ नम्बरको यात्रुवाहक वसले किचेको हो । उनको घटनास्थलमै मृत्यु भएको छ ।

बा। ३१ ब ९८८३ नम्बरका मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । घाइतेको गोलबजारस्थित भूमिजा हस्पिटमा उपचार भइरहेको छ ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो सातामात्र सिरहामा दर्जनभन्दा बढी दुर्घटना भएकामा ३ दर्जनभनदा बढी घाइते भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।