कृषि विकास बैंकको अध्यक्षमा निरौला नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा निरौला नियुक्त

काठमाडौँ, २१ फागुन ।

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्।

अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी सञ्चालक नियुक्त भएका थिए।
त्यसपछि बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। उनले अध्यक्षका लागि पद तथा गोपनियताको सपथ राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालबाट गरेका छन्।

अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए। उनी प्रवक्ता पनि थिए।
निरौलासँग राष्ट्र बैंकको बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव छ। उनले समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ब्यवस्थापन हेरेका थिए।

अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको ब्यवस्थापन समितिका सदस्य सचिव पनि थिए।