ग्राहकको स्वास्थ्यको ख्याल राख्दै माछापुच्छ्रे बैंक, गेटमै ह्यान्ड स्यानिटाइजर

ग्राहकको स्वास्थ्यको ख्याल राख्दै माछापुच्छ्रे बैंक, गेटमै ह्यान्ड स्यानिटाइजर

चितवन , २१ फाल्गुन ।
माछापुच्छ्रे बैंक लिमिटेड पर्सा शाखाले आफ्नो ग्राहकहरुको स्वास्थको ख्याल राख्दै बैंक प्रवेश गर्ने हरेक ग्राहकलाई ह्यान्ड स्यानिटाइजरले हात सफा गराउन सुरु गरेको छ ।

बैंक प्रवेश गर्ने हरेका ग्राहकलाई किटानु मार्न बैंकको गेटमै ह्यान्ड स्यानिटाइजर राखिएको छ । कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोक्न तथा जनचेतनाको लागि यस्तो गरिएको शाखा प्रबन्धक भानुभक्त अधिकारिले जानकारी दिए । सामाजिक उत्तरदायित्व स्वरुप सबैको स्वास्थ्यको ख्याल गर्दै विश्वमै त्रासको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतनामुलक रुपमा समेत अन्यलाई बुझाउन बैंकले ह्यान्ड स्यानिटाइजरको प्रयोग सुरु गरेको शाखा प्रबन्धक अधिकारीले बताए ।

बैंकले आफ्नो बैंकमा खाता सन्चालन गर्ने सेवाग्राहीको हितमा विभिन्न प्रकारको औषधि उपचार, अस्पताल भर्ना, घातक रोगको उपचार खर्च बापतको रकम समेत सेवाग्राहीलाई उपलब्ध गराउदै आएको छ ।