रामपुर क्याम्पसमा नेविसंघद्धारा तालाबन्दी

रामपुर क्याम्पसमा नेविसंघद्धारा तालाबन्दी

चितवन , २१ फागुन।
कषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले आज बिहान क्याम्पसको प्रशासन र क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

आफूहरुको विभिन्न ६ बुदे मागहरु सम्बोधन गर्न क्याम्पसले चासो नदेखाएको भन्दै आफूहरुले तालाबन्दी गरेको नेविसंघ रामपुर क्याम्पसका सभापति सौरभ यादवले जानकारी दिए । आफूहरुले फागुन ६ गते क्याम्पस प्रशासनलाई ६ बुदे माग सहित अल्टिमेटम दिएका थिए । पटक पटक अल्टिमेटम दिदा समेत क्याम्पस प्रशासनले चासो नदिएपछि बाध्य भएर तालाबन्दी गरेको सभापति यादवले बताए । ७२ घण्टाको अल्टिमेटम सहित क्याम्पसमा तालाबन्दी गरिएको र उक्त समयमा समेत आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।

यता क्याम्पस प्रशासनले भने विद्यार्थीहरको माग स्थानिय स्तरबाट सम्बोधन हुने प्रकृति नभएको र यस बिषयमा डिन कार्यालयमा पत्राचार भइसकेको जनाएको छ । विद्यार्थीहरुको मागको बिषयमा डिनसँग समेत कुरा भएको र उहाँ समेत सकारात्मक भएकाले विद्यार्थीहरुलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न क्याम्पस प्रमुख मिलन सुवेदीले आग्रह गरे ।