भरतपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, १९ असोज ।

चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । भरतपुर ३ घर भएका ७० बर्सिय पुरुषको आज सांझ मृत्यु भएको हो । कोरोना संक्रमण देखिएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिए पछि भरतपुर अस्पताल ल्याइएको थियो । उनलाई अस्पताल ल्याइ पुर्याउदा मृत अवस्थामा रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । मृतकका परिवारका अनुसार निजलाइ ज्वरो,खोकी,स्वासप्रस्वासमा समस्या थियो । चार दिन अघि ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो ।