जस्मिन पेन्ट्सद्धारा पत्रकार कल्याणकारी अक्षय कोषलाई सहयोग
चितवन , २० पुस।
जस्मिन पेन्ट्सले आफ्नो रजत जयन्तीको अवसरमा पत्रकार कल्याणकारी अक्षय कोषलाई आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी अक्षय कोषलाई जस्मिन पेन्ट्सले १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको हो ।
कम्पनीका संचालक लक्ष्मण अर्यालले महासंघको कार्यालयमा पुगेर एक कार्यक्रमकोबिच महासंघका अध्यक्ष राधेश्याम खतिवडालाई चेक हस्तान्तरण गरेका थिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र सोहि अनुरुप अक्षय कोषलाई सहयोग गरेको बताए ।
कम्पनीले रजत जयन्तीको अवसरमा आदर्श गृहको भवननिर्माणको लागि ३ लाख ११ हजार १ सय ११ , स्पाइनल हस्पिटललाई ५ लाख , डां महाविर पुनद्धारा संचालित राष्ट्रिय अनुसन्धान केन्द्रलाई २ लाख ५५ हजार ५ सय ५५ , गौतक बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख बराबरको पेन्ट्स, मानव सेवा आश्रम काठमाडौंलाई १ लाख ५५ हजार ५ सय
५ सहयोग गर्ने घोषणा गरिसकेको छ ।