राजतन्त्रको पक्षमा चितवनमा र्‍याली (फोटो फिचर)

भरतपुर,२० मंसिर । 

गणतन्त्रमा भ्रष्टाचार मौलाएको र जनताले दुःख पाएको भन्दै शनिबार चितवनमा राजावादीहरुले र्‍यालीनिकालेका छन् । राष्ट्रवादी चितवन समाजले राजतन्त्रको पक्षमा ¥याली निकालेको हो । ¥यालीमा हजारौँ राजाबादीहरुको सहभागिता थियो । राजावादीहरुले गणतन्त्र खारेज गरेर पुनः राजतन्त्र ल्याउनुपर्ने माग गरेका छन् ।
पारस बसपार्कबाट सुरु भएको ¥याली हाकिमचोक, चौविसकोठी, शहिदचोक, पुलचोक, पोखरा बसपार्क, आँपटारी सम्म पुगी बाइपास सडक भएर पुनः पारस बसपार्कमा पुगेको थियो ।