खैरहनिमा मनाइयो स्वयंसेवक दिवस

खैरहनिमा मनाइयो स्वयंसेवक दिवस

चितवन, २० मंसिर ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेर खैरहनिमा अन्तरास्ट्रिय स्वयंसेवक दिवस मनाइएको छ । खैरहनी नगरपालिकाको आयोजना तथा खैरहनी नगर युवा संजाल र ईलाका प्रहरी कार्यालय खैरहनिको सहकार्यमा कार्यक्रम भएको थियो । खैरहनी नगरपालिका गेट देखि चौबीसकोठी सम्म सचेतना र्याली निकालिनुका साथै सन्देशमुलक पर्चा बितरण गरिएको कार्यक्रम संयोजक प्रेम सिलवालले जानकारी दिए । सो अवसरमा सवारी साधनहरुमा ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धि पर्चा टांस समेत गरिएको थियो । कार्यक्रममा नगरपालिका सामाजिक बिकास समिती संयोजक समेत रहेका वडा नम्बर ७ का अध्यक्ष मनेजर महतो,नगर प्रबक्ता एंवम वडा नम्बर ६ का अध्यक्ष रामशरण पाण्डे,नगरपालिका रोजगार संयोजक रमेश पौडेल ,खैरहनी नगर युवा संजालका पदाधिकारी ,सदस्यहरु,ईलाका प्रहरी कार्यालय खैरहनिका प्रतिनिधिको सहभागिता रहेको थियो ।