
काठमाडौं, २० मंसिर ।
पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ। हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर कोरोना परीक्षण गरिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५७७ पुगेको छ। मुलुकमा हालस सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ।