सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण ज्यान गयो

सेनाले गरेको हवाई कारबाहीमा नौ जना  सर्वसाधारण ज्यान गयो

काठमाडौँ,२२ माघ ।

सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण मारिएका छन् । विद्रोहीलक्षित कारबाहीमा परेर सर्वसाधारण मारिएका हुन् ।

रुसआबद्ध सेनाले बुधबार बिहानै इदलिब क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका समेत रहेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले हवाई आक्रमण रुसआबद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरेका छन् ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको ज्यान गएको पाइन्छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा सुरु भएको थियो । जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गृृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका छन् । हिंसामा परी दशौँ लाख मानिस छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।