राप्ती ४ ले बाड्यो अग्नि नियन्त्रक सिलिण्डर

राप्ती ४ ले बाड्यो अग्नि नियन्त्रक सिलिण्डर

माघ २२ गते । राप्ती नगरपालिका वडा नम्वर ४ ले अग्नि नियन्त्रक ग्याँस सिलिण्डर वितरण गरेको छ । वडा भित्र रहेका विभिन्न संघसंस्थाहरुलाई वडाकै वजेटमा फाईट फाईटर ( अग्नि नियन्त्रक ग्याँस सिलिण्डर ) वितरण सुरु गरेको हो । बुधवार एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय भण्डारा,काशीरुपा आधारभूत विद्यालय र शिखर हरियाली सामुदायिक वनलाई दुई दुई थान आगो निभाउन प्रयोग हुने ग्याँसको सिलिण्डर वितरण गरिएको राप्ती ४ का वडाध्यक्ष शमसेर लामाले जानकारी दिए । राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक सुशिल पाण्डेलाई हस्तान्तरण गर्दै वितरणको शुभारम्भ गरेका थिए । वडा भित्रका संघसंस्थाहरुलाई २० वटा सिलिण्डर वितरण गर्ने योजना छ ।

राप्ती ४ भित्रका सरोकारवालाहरुलाई आगो नियन्त्रण सम्वन्धी तालिम दिएर सिलिण्डर वितरण गरिएको वडाध्यक्ष लामाले वताए । आगो निभाउने सो सिलिण्डरलाई ४ हजार ४ सय रुपैया पर्दछ । लाखौ करोडौ खर्चिएर घर निर्माण गर्ने गरिन्छ वडाध्यक्ष लामाले भने तर आगो नियन्त्रक सामाग्री राखिदैन,सन्देश प्रवाहका लागि वडाले अग्नि नियन्त्रक ग्याँस सिलिण्डर वितरण गरेको हो ।