स्वीस राजदुत खैरहनीमा,राप्ती ड्याकको निरिक्षण

स्वीस राजदुत खैरहनीमा,राप्ती ड्याकको निरिक्षण

माघ २२ गते । स्वीस राजदुत एलिजावेद फोन क्यापलिरले लोथर राप्ती ड्याकसंगै आयआर्जनमा खैरहनीका स्थानीयले गरेको क्रियाकलापको निरीक्षण गरेकी छिन् । स्वीस सरकारको सहयोगमा लोथर राप्ती ड्याक संरक्षण तथा मर्मत र यस क्षेत्रका स्थानीयको आयआर्जनका लागि काम भईरहेको छ । अघिल्ला वर्षहरुमा स्वीस सरकार र जनश्रमदान मात्रै हुने भएपनि चालु आर्थिक वर्षमा भने संघीय सरकार,स्थानीय सरकार,जनश्रमदान र स्वीस सरकारको सयुक्त लगानीमा काम भईरहेको छ । पूर्वी चितवनका चार पालिकामा यस वर्ष २२ करोड ८५ लाख बरावरको काम हुदैछ । सो रकमले राप्ती लोथर ड्याक संरक्षण मर्मत तथा स्पर निर्माण,भित्री खोलाहरुको तटवन्धन र स्थानीयको आयआर्जनको काम भईरहेको स्वीसको परियोजना सहयोग इकाई टोली प्रमुख संजिवराज भण्डारीले वताए । बुधवार राप्ती नदिको ड्याक,कुमरोज वनमा रहेको दराई बोटे तालमा दराई महिलाहरुले आयआर्जनका लागि गरेको माछापालन र खाजा घरको निरीक्षण गरिएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले ड्याक संरक्षण र मर्मतमा भएको काम तथा दराई महिलाहरुले गरेको व्यवसायका बारे राजदुत क्यापलिरको टोलीलाई जानकारी गराएका थिए । माछापालनका लागि खैरहनी नगरपालिका,कुमरोज वनको सहयोगमा पोखरी निर्माण गरिएको छ । सोही टोलीले बुधवारनै दराई होमस्टे र रत्ननगरको वछौलीमा निर्माण गरिएको कुलो समेत निरीक्षण गरेको थियो । टोलीमा स्वीस विकास नियोगका उपप्रमुख सिल्फाना हग,अमन जोन्से , राप्ती ड्याक संरक्षण समिति अध्यक्ष डाक्टर कृष्ण पन्त,खैरहनी नगर प्रमुख चौधरी,उपप्रमुख सुनिता खरेल, वछौली कुलो निरीक्षणमा रत्ननगरका प्रमुख नारायण वन लगायत सहभागी थिए ।