बाग्मती प्रदेशमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

बाग्मती प्रदेशमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम  सुरु

काठमाडौं,२२ फागुन ।

बागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वाथ्य परीक्षण कार्यक्रम पुन शुरु गरेको छ । प्रदेश राजधानीको हेटौडा अस्पतालवाट सामाजिक विकास मन्त्री युवराज दुलालले सो कार्यक्रमको बिहिवार सुरुवात गरेका हुन ।

प्रदेशका १३ वटा जिल्लामा लागु गर्ने योजनाका साथ शुरु भएको कार्यक्रम सरकारको स्वामित्वको १५ वटा अस्पतालमा लागु हुने छ । स्वाथ्य उपचारवाट कुनै जनतापनि वन्चितहुन नपरोस भनी यो कार्यक्रम लागु गरिएको बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले जानकारी दिए । यो कार्यक्रमले गरिव तथा विपन्न वर्गका जनताले लाभ प्राप्त गर्ने उनको बिश्वास छ ।

यस कार्यक्रम लागु भएपछि अस्पतालले विभिन्न पांच प्रकारको स्वाथ्य परिक्षण निशुल्क गर्नु पर्ने छ तर सशुल्क पाउने उपचारमा पनि छुट पाइने छ । यस योजना लागु भएपछि १६५० रुपैयामा होलवडी चेकअप सुविधा पाउने छन् भने यस पछि रोग देखिएमा पनि निशुल्क उपचार पाउने व्यवस्था मिलाइएको छ ।

मन्त्री दुलालले यस कार्यक्रम प्रदेश सरकारले जनताको हितमा लागु गरेको वताउदै यसले कुनै पनि जनता अस्पताल नगइ रोग लुकाएर तथा रकमको अभावमा रोग पालेर वस्नुपर्नै अवस्थाको अन्त्यहुने बताए ।