बेलायतमा पाँच वर्षका बालकको कोरोना भाइरसका कारण मृत्यु

बेलायतमा पाँच वर्षका बालकको कोरोना भाइरसका कारण मृत्यु

बेलायतमा कोरोना भाइरसका कारण पाँच वर्षका बालकको मृत्यु भएको छ।

बेलायती मन्त्रीपरिषद कार्यालय मन्त्री माइकल गोवका अनुसार गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका पाँच वर्षका बालकमा कोरोना भाइरसको संक्रमण भएको र त्यसकै कारण ती बालकको ज्यान गएको हो ।

ती बालकको लण्डनको किङ्गस कलेज अस्पतालमा निधन भएको मन्त्री गोवले शनिबार जानकारी दिएका हुन्।

यस्तै १३ वर्षका अर्का बालकको पनि कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । उनी पनि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

बेलायतमा कोरोना भाइरुसका कारण मृत्यु हुनेको संख्या ४३ सय १३ पुगेको छ। संक्रमितको संख्या ४१ हजार ९०३ रहेको छ ।