नेपाल आउने औषधि र कच्चा पदार्थ सीमा नाकामै रोकियो

नेपाल आउने औषधि र कच्चा पदार्थ सीमा नाकामै रोकियो

वीरगन्ज,२३ चैत्र ।

नेपाल र भारत दुवै देशमा लकडाउन भएका कारण भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थको आयात रोकिएको छ । भारतका विभिन्न सहरबाट नेपालका आयतकर्ताले मगाएका औषधि र औषधिजन्य कच्चा पदार्थ भारतको रक्सौल नाकामै रोकिएका छन् ।

रक्सौलस्थित भारतीय कस्टम ९भन्सार० का अधिकारीले नेपालका लागि औषधि र कच्चा पदार्थ बोकेर आएका गाडीहरु रक्सौल नाकामै रोकि दिएको आयातकर्ता र उद्योगीले बताएका छन् । भारतले निर्यातमा रोक लगाएका २८ प्रकारका औषधिको सूचीमा नपरेका औषधि र कच्चा पदार्थ पनि भारतीय कस्टमका अधिकारीले जाँचपास नगरी दिएका कारण रक्सौलमै औषधिका गाडीहरु रोकिएको हो ।

कोरोनाको संक्रमण दर बढ्दो क्रममा रहेपछि भारतले आन्तरिक आवश्यकतालाई ध्यानमा राख्दै प्यारासिटामोलदेखि एन्टीबायोटिक सम्मका २८ प्रकारका औषधि र तीनका कच्चा पदार्थ मार्च ३ तारिखदेखि निर्यातमा रोक लगाएको हो ।

तर, भारतले निर्यातमा रोक लगाउनुभन्दा पहिले नै खरिद गरिएका औषधि पनि रक्सौल कस्टमले जाँचपाच नगरिदिएका कारण ३ ट्रक औषधि १ महिनादेखि रक्सौल नाकामै थन्किएको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले बताए ।

ुभारतले ३ मार्चदेखि मात्र २८ प्रकारका औषधि निर्यातमा रोक लगाएको हो, उनले भने, ‘तर हामीले मुम्बइमा फेब्रुअरी महिना मै खरिद गरी मगाएका औषधि र कच्चा पदार्थ पनि रक्सौल कस्टमले जाँचपास दिएको छैन। ‘

रक्सौल कस्टमका अधिकारीले डाइरेक्ट जेनरल अफ फरेन ट्रेड ९डिजीएसटी०को आदेशमा जाँचपास रोकिएको जवाफ दिएको खण्डेलवालले बताए । मुम्बइलगायतका सहरबाट नेपालका लागि औषधि बोकेर हिँडेका ३ ट्रक मार्च ५ तारिखमै रक्सौल नाकामा आएर रोकिएको भन्दै उनले भने, ‘रक्सौल कस्टमले जाँचपास नदिएपछि औषधि १ महिना देखि रक्सौलस्थित ट्रान्सपोर्टमा राख्नु परेको छ।’

नाकामा रोकिएका ३ ट्रकमा पारा सिटामोल, ओर्निन्डाजोल, मेट्रोनिन्डाजोल, भिटामीन बी टु ,भिटामीन सिक्स गरी १३ प्रकारका औषधि रहेको खण्डेलवालले जानकारी दिए । नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुङगटाले नेपालका लागि औषधिजन्य कच्चापदार्थ बोकेर आएका गाडी रक्सौल कस्टमले जाँचपास नदिएको बताए ।

वीरगन्जको मारुती फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक समेत रहेका रुङगटाले नेपालका औषधि उद्योगका कच्चा पदार्थ र औषधि प्याकिङ गर्ने समान बोकेर आएका दर्जनौ ट्रक रक्सौल कस्टममै ४ दिन देखि थन्किएर बसेको बताए ।