चेपाङ गाउँमा राहत बाँड्न आउनेहरुलाई ईच्छाकामना गाउँपालिकाले गर्यो यस्तो आग्रह

चेपाङ गाउँमा राहत बाँड्न आउनेहरुलाई ईच्छाकामना गाउँपालिकाले गर्यो यस्तो आग्रह

चितवन , २३ चैत ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले कोरोना भाइरस संक्रमण (कोभिड १९)को रोकथामका लागि लागु भएको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरी र अतिविपन्न परिवारलाई राहात वितरण कार्य सुरु गरेको  छ ।

गाउँपालिकाले प्रत्येक वडाको टोल टोलबाट तथ्याङक संकलन गरेर बास्तविक पीडितलाई राहात वितरण गरेको गाँउपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा प्रत्यक टोलबाट डाटा संकलन गरेर एकद्धार प्रणाली मार्फत राहत बितरण सुरु गरेको हो ।

चेपाङ जातिको बाहुल्यता रहेको उक्त गाउँपालिकामा अधिकांश चेपाङ तथा अन्य जातजातिका मानिसहरु समेत ज्याला मजदूरी गरेर जीवन गुजारा गर्दै आएका छन् । चेपाङ जातिको बाहुल्यता रहेकै कारण उक्त गाउँपालिकामा फोटो खिचाउनैका निमित्त र राहतको नाममा गाँउगाँउ बिभिन्न मानिस नछिरुन भन्दै एकद्धार प्रणाली लागू गरिएको गाँउपालिकाकी अध्यक्ष गुरुङले बताउनुभयो ।

‘यो बेला संसय हुनु पर्ने हो तपाईहरु सहयोग गर्न चाहनु हुन्छ भने हामीलाई सहयोग गर्नु, हामी तपाईको सहयोग सहि ठाँउमा पुर्याउने छौ ’ गुरुङले भन्नुभयो । यो अवस्थामा गाउँपालिकाले कुनै पनि जनतालाई भोकै बस्न नदिने भन्दै गुरुङले तछाड मछाड गर्दै राहत बितरण नगरि दिन समेत आग्रह गर्नुभयो ।

गाउँपालिकाले वडाध्यक्ष मार्फत राहत सामग्री बितरण गरेको छ । गाँउपालिकाले शनिबार मात्रै ५ वटा वडामा दातृ संस्था तथा आँफैले खरिद गरेको ४ हजार किलो चामल, ४सय लिटर तेल,७ सय किलो दाल,७ सय ५० किलो नुन र ५सय वटा साबुन वितरण गरिसकेको छ । शनिबार वडा नम्बर,३, ४, ५, ६ र ७ मा वितरण गरिसकेको र आईतबार बाँकी वडाहरुमा राहत बितरण गर्दै छ ।

गाउँपालिकाले बितरण गरेको राहत सामग्री सकिए सम्बन्धित वडासँग सम्र्पक गरेर राहत माग गर्न समेत गाँउपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले जनताहरुलाई पूर्णरुपमा लकडाउनको पालन गर्न समेत आग्रह गरेको छ ।

न्युज २४ बाट साभार