सोमबारदेखि चितवनमा कोरोना परीक्षण सुरु हुने

सोमबारदेखि चितवनमा कोरोना परीक्षण सुरु हुने

चितवन,२३ चैत ।

सोमबारदेखि चितवनको भरतपुरमा कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण थालिने भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा  ल्याब तयार पारिएको छ ।

ल्याब निर्माणको नेतृत्व गरिरहेका प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आइतबारबाट नै परीक्षण थाल्ने योजना बनाए पनि काम नसकिएकाले सोमबार मात्रै नमूना लिएर परीक्षण सुरु गरिने बताए । ल्याबबाट दैनिक नौसय नमूना परीक्षण गर्न सकिन्छ ।

‘सेटअप, प्राविधिक परीक्षण, जनशक्तिको तालिम जस्ता विषयले गर्दा केही ढिला भयो,’ संयोजक शर्माले भने, ‘सोमबार चितवनकै कोराना अस्पतालबाट स्वाब नमूना लिएर परीक्षण गर्छौं ।’

ल्याबका लागि चाहिने सबैजसो उपकरणहरु आइसकेको छ । प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको ल्याबमा रहेको आरटी पिसिआर मेसिन ल्याइएको छ । एउटा यस्तै मेसिन राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा समेत छ । धेरैजसो सामग्रीहरु चितवनमै जुटाइएको छ । किटलगायत अन्य सामग्रीहरु भने स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । काठमाडौंबाट वायोसेफ्टी क्याविनेट ९बीएसएल–२० ल्याइसकिएको छ । ल्याबलाई स्यानिटाइज गर्ने र क्वालिटी कन्ट्रोलको पाटोलाई विषेश ध्यान दिइने डा। शर्माले बताए ।

प्रयोगशालामा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वले प्रयोगशाला सम्हाल्ने छ । यो ल्याब भरतपुर अस्पतालको स्वामित्वमा रहने छ ।