कनिका कपुरको छैटौँ रिपोर्टमा बल्ल आयो नेगेटिभ तर घर फर्कन भने पाईनन्

कनिका कपुरको छैटौँ रिपोर्टमा बल्ल आयो नेगेटिभ तर घर फर्कन भने पाईनन्

काठमाडौ,२३ चैत्र ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाबाट संक्रमित संख्यण ३ हजार नाघेको छ । यस्तै कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्टमा खुशीको खबर आएको छ ।

पांच पटक सम्म कोरोना टेष्टमा पोजिटिभ आएपछि तनाबमा रहेकी कनिका आज छैटौं रिपोर्टमा नेगेटिभ आएपछि खुशी भएकी छिन् । केहि समय अघि उनको छैटौं टेष्टको रिपोर्टमा नेगेटिभ आएपछि कनिकाले खुशी व्यक्त गरेकी छिन । आज आएको रिपोर्टमा नेगेटिभ आए पश्चात आफु घर फर्कन पाउने आश बोकेकी कनिका अस्पताल मै बस्नुपर्ने भएको छ ।

कनिकालाई अस्पतालले नेगेटिभ रिपोर्ट आएकोमा डिस्चार्ज गरेन । अझै एउटा टेष्ट गर्ने र उक्त टेष्टमा पनि नेगेटिभ रिपोर्ट आए मात्र डिस्चार्ज गर्ने अस्पतालले उल्लेख गरेको छ । उनले आफ्नो अघिल्ला रिपोर्टहरुमा पोजिटिभ आउँदा पत्याएकि थीइनन र बारम्बार टेष्ट गराईरहेकि थिईन ।

अहिले भने उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिका अझै दुई दिन सम्म अस्पताल मै बस्नुपर्ने जनाईएको छ ।