सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

बुटवल ,२३ चैत ।

रुपन्देहीको सैनामैनामा आइतबार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको गरेको लु १ च ७४९७ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो।

घाइते हुनेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय तारिक शाह, दाङ तुल्सीपुर उप–महानगरपालिका वडा नम्बर १५ का ३० वर्षीय अमर थापा, सोही ठाउँ बस्ने २९ वर्षीय डिल्लीराज राउत रहेका छन्।

बिरामी लिएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए। घाइते तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।