खैरहनीमा साँझ ५ वजेपछि खाद्यान्न पसल पनि वन्द

खैरहनीमा  साँझ ५ वजेपछि खाद्यान्न पसल पनि वन्द

चैत २३ गते । संघीय सरकारले लकडाउन कडाई गर्ने निर्णय गरेसंग चितवनको खैरहनी नगरपालिकाले पनि कडाईको रणनिति लिएको छ । लकडाउनको अवज्ञा भईरहेकाले अझ कडाई गर्ने नगरपालिकाको तयारी छ । वजार व्यवस्थित गराउन सके स्वत लकडाउनको पालना हुने भएकाले नगरपालिकाले वजार व्यवस्थापनमा जोड दिएको छ । स्वास्थ्य क्लिनिक,अस्पताल,मेडिकलमात्रै नियमित खोल्ने पर्ने तर अत्यावश्यक मानिएको खाद्यान्न,दुध,कृषि,पोल्ट्री,तरकारी,फलफुलका पसलहरु साँझ ५ वजे पछि वन्द गराउने निर्णय गरिएको नगरपालिकाले सुचना जारी गरेर जनाएको छ । स्वास्थ्य तथा औषधीजन्य वस्तु वाहेकका अन्य भन्नाले खाद्यान्न,दुध,कृषि,पोल्ट्री,तरकारी,फलफुलका पसलहरु विहान ७ वजेदेखी साँझ ५ वजे सम्म खोल्ने र त्यसपछि वन्द गर्नु पर्ने  खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए ।  अन्य कुनै पनि पसलहरु कुनै पनि समयमा खोल्न पाईने छैन् । खैरहनी नगरपालिकाले अत्यावश्यक कामवाहेक अन्य काममा ननिस्कन आग्रह गरेको छ । यदि अत्यावश्यक कामवाहेक वाहिर निस्किएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने वताएको छ । त्यस्तै अत्यावश्यक सामान यथासम्भव आ आफ्नो वडामा रहेका पसलबाटै खरिद गर्ने , पसलहरुले सामान खरिद गर्दा ग्राहकहरुलाइ एक मिटरको दुरीमा राखेर बिक्री गर्नु पर्ने , प्रत्येक पसलमा बिक्रेताले माक्स र पन्जाको प्रयोग गर्ने र साथै पसलमा आउने ग्राहकहरुको प्रयोगको लागि सेनिटाइजर वा साबुन पानीको व्यवस्था गर्नुपर्ने, कुनै संघ, संस्था वा व्यत्तिले असाहाय व्यत्ति वा परिवारलाइ सहयोग गर्ने नाउंमा मानिस जम्मा गर्ने, खाना, खाजा खुवाउने कार्य गर्न पुर्ण निषेध गरिएको छ । त्यस्ता संस्था वा व्यत्तिले सहयोग गर्न चाहेमा नगरपालिकाको स्थानिय विपद व्यवस्थापन कोषमा जम्मा गर्न समेत आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत  शर्माले वताए ।