सरकारी क्वारेनटाईन खाली,घरमै निगरानी

सरकारी क्वारेनटाईन खाली,घरमै निगरानी

चैत २३ गते । चितवनका स्थानीय तहले निर्माण गरेको क्वारेनटाईन खाली अवस्थामा छ । जिल्लाको माडी नगरपालिका वाहेक अन्य पालिकाले तयारी अवस्थामा राखिएको भनिएका क्वारेनटाईन मान्छे नआएर खाली रहेको हो । माडी नगरपालिकाले वनाएको क्वारेनटाईनमा २२ जना वसेकोमा २१ जना समयावधि कटाएर घर फर्किएको माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले वताए । अव १ जना क्वारेनटाईनमा छन् । क्वारेनटाईनमा वसेका सवै भारतबाट आएका हुन् । माडी भारतीय सिमासंग जोडिएको नगरपालिका हो । त्यहाँ स्वास्थ्यकर्मी खटाईएको छ । माडीमा विदेशबाट आएका ९० जनाको तथ्यांक रहेको छ । अरु होमक्वारेनटाईनमा वसेका र उनीहरुको घरमै गएर स्वास्थ्य अवस्था वुझ्ने काम भईरहेको प्रमुख ढकालले वताए । जिल्लाको भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका,खैरहनी नगरपालिका,कालिका नगरपालिका,राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले तयारी अवस्थामा राखेको क्वारेनटाईन प्रयोग भएको छैन् । भरतपुर महानगरपालिकाले विभिन्न ठाउँमा गरेर १७७ कोठाको क्वारेनटाईन वनाएको नगर प्रवक्ता अरुणपीडित भण्डारीले वताए । तर महानगरमै कोरोना विषेश अस्पताल निर्माण भने गरिएको छ । रत्ननगर नगरपालिकालाई सौराहाका होटल व्यवसायीले क्वारेनटाईनका लागि कोठा उपलव्ध गराउने निर्णय गरेका छन् । त्यहाँ एक जना वसेका छन् । तर रत्ननगरमा आईसोलेसन केन्द्र निर्माण गरिएको नगर प्रवक्ता राजेन्द्र हमालले वताए । गुञ्जमान सिंह अस्पताल र रत्ननगर वकुलहर अस्पतालमा २३ वेडको आईसोलेसन केन्द्र निर्माण गरिएको छ । खैरहनी नगरपालिकाले वनाएको क्वारेनटाईनमा कोही नवसेपछि विदेशबाट आएकाहरुको घरघरमै पुगेर निगरानी राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । खैरहनीमा ५६ वेडको क्वारेनटाईन तयारी अवस्थामा छ । होम क्वारेनटाईनमै वसेकाहरुलाई आवश्यक सामाग्री पुर्याउने समेत व्यवस्था मिलाईएको छ । चितवनको राप्ती नगरपालिकाले विदेशबाट आएकाहरुलाई अलग्गै राख्न ३३ वेडको क्वारेनटाईन वनाएको छ । तर अहिले सम्म त्यहाँ कोही वसेका छैनन् । राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालका अनुसार विदेशबाट आएकाहरु कोही पनि अहिले सम्म त्यहाँ वसेका छैनन् । जिल्लाको कालिका नगरपालिकाले वाईफाईसहितको १५ वेडको क्वारेनटाईन वनाएको छ । त्यती मात्र नभई सिसि क्यामेराको समेत व्यवस्था गरेको छ । तर त्यहाँ अहिले सम्म कोही वसेका छैनन् । कालिकामा चैत ४ पछि ६० जना विदेशबाट आएको नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले वताए । उनीहरु होम क्वारेनटाईनमै वसेका छन् । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले पनि १९ वेडको क्वारेनटाईन वनाएको छ । तर यसको प्रयोग भएको छैन् । विदेशबाट फर्किएका १६ जना भएपनि उनीहरु होम क्वारेनटाईनमै वसेको गाउँपालिका अध्यक्ष गीता गुरुङले वताईन् । तर भारतबाट उद्धार गरि ल्याईएको ४६ जना मध्ये ७ जनालाई स्कुलमा क्वारेनटाईन वनाएर राखिएको छ भने अरु होम क्वारेनटाईनमा रहेको अध्यक्ष गुरुङको भनाई छ । भरतपुरमा २५० जना ,माडीमा ९० जना,रत्ननगरमा ५६ जना,खैरहनीमा ४१ जना,कालिकामा ६० जना,राप्तीमा ६६ जना र इच्छाकामनामा १६ जना विदेशबाट आएका छन् ।