मिर्गौला पीडित घलानलाइ ९० हजार सहयोग

रत्ननगर, २० असोज 

चितवन रत्ननगरका मिर्गौला पीडित हर्क बहादुर घलानलाइ आर्थिक सहयोग गरिएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिको संयोजनमा एनआरएनए पपुवा न्युगिनीबाट प्राप्त ९० हजार रुपैयाँ उपचारका लागि सहयोग गरिएको हो ।

रत्ननगर १५ स्थित घलानकै घर पुगेर काङ्ग्रेस नगर सभापति रुपनराज घिमिरेसहितको टोलिले ९० हजार बराबरको चेक घलानलाइ हस्तान्तरण गरिएको थियो । घलान दुबै मिर्गौला फेल भएर उपचारका क्रममा छन् । उपचारमा आर्थिक अभाव रहेको थाहा पाए पछि काङ्ग्रेस नगर समितिले सहयोगका लागि पहल गरेको थियो ।

रकम हस्तान्तरणका लागि काङ्ग्रेस नगर सभापति घिमिरे सहित एनाआरएनए पपुवा न्युगिनिका संयोजक मोहनबाबु पन्तका बुवा एक बहादुर पन्त,सीता पन्त ,काङ्ग्रेस नगर सचिव देवेन्द्र भुजेल सहित घलान निवास पुगेका थिए ।