सिएमसिमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन, २० असोज 

चितवनमा उपचाररत नवलपुरका एक जना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ । कावासोती नगरपालिका ५ कि ७७ बर्सिय महिलाको बिहान ३:४५ बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

पिसाब र श्वासप्रश्वासमा समस्या भए पछि ती महिलालाइ असोज १६ गते मेडिकल कलेज भर्ना गरिएको थियो भने असोज १८ गते कोरोना पुष्टि भएको थियो । कोभिड आइसियु कक्षमा उपचारका क्रममा मृत्यु भएको निर्देशक लम्सालले बताए । मृतक महिला मधुमेह र थाइराइडका समेत रोगी थिए ।