चितवनमा क्यान इन्फोटेक मेला हुने

चितवन , २१ पुस। 
चितवनमा माघ अन्तिम साता क्यान एन्फोटेक मेला हुने भएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको आयोजनामा माघ २४ गतेदेखी २८ गतेसम्म मेला हुन लागेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

चितवनको सम्बृद्धि , सूचना प्रविधि भन्ने मुल नाराको साथमा क्यान एन्फोटेक मेला हुन लागेको कम्प्युटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष सन्तोषजनक भुषालले जानकारी दिए । मेलामा सूचना प्रविधिका ८१ वटा स्टल रहने आयोजकले जनाएको छ । मेला अवधिभर विभिन्न किसिमका सूचना प्रविधिका सम्वन्धि अन्र्तक्रिया कार्यक्रम , डिजिटल नेपाल प्रविधि प्रदर्शनी तथा प्रतियोगिता , साइबर सुरक्षा सम्बन्धि सेमिनार लगायतको विभिन्न कार्यक्रम हुने क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले बताए ।