कालिका मोटरसाइकलको आधिकारिक सेवा केन्द्र पिठुवामा
चितवन , २१ पुस।
यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्ट्सको अधिकारिक सेवा केन्द्र पिठुवामा संचालनमा आएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १६ दोबाटो चोक नजिक आधिकारिक सेवा केन्द्र जयमाता कालिका मोटरसाइकल वर्कसपको आज शुभारम्भ गरिएको हो ।
सेवा केन्द्रको वडा नम्बर १६ का वडाअध्यक्ष हेमराज थापाले उद्घाटन गरेका छन् । यामाहा कम्पनीको मोटरसाइकल , स्कुटर खरिद गर्न चाहेकाहरु टाँडी र पर्सा आउनुपर्ने बाध्यता रहेकोले त्यसैलाई मध्यनजर गर्दै सेवा केन्द्र सुरु गरेको र अब सोहि सेवाकेन्द्रबाट नयाँ मोटरसाइकल,स्कुटर खरिद गर्न तथा कम्पनीको सर्भिसिङ सुविधा पाइने कालिका मोटरसाइकल पार्ट्सका प्रबन्ध निर्देशक उत्तम अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष थापाले कालिका मोटरसाइकल पार्ट्सले गाँउ गाँउमा सेवा दिन लागेकोमा खुसी व्यक्त गरे ।
कालिका मोटरसाइकल पार्ट्सले आफ्नो व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत काम गरिरहेको भन्दै अन्य व्यवसायीले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत केहि गर्नुपर्नेमा थापाले जोड दिए । कालिका मोटरसाइकल पार्ट्सले प्रत्येक मोटरसाइकल तथा स्क्टरको बिक्रीबाट दुई सय रुपैयाँ कालिका यामाहा कोषमा राख्ने र सो कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्दै आइरहेको छ । जयमाता कालिका मोटरसाइकल वर्कसपको संचालक को चिन बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष लामाले स्वागत मन्तव्य रोखका थिए ।