चितवन ट्राफिक प्रमुखमा भट्ट
प्रकाशित मिति: सोमबार, पौष २१, २०७६ | १६:५६:३६
चितवन , २१ पुस।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रहरी निरिक्षक दयाकृष्ण भट्ट आएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत भट्टको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा काज सरुवा भएको हो ।
सम्पत्ती शुद्धिकरण आयोग ललितपुरमा सरुवा भएका ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक चन्द्र गिरीले आज रवाना बुझेर गएसँगै भट्ट हाजिर भएर ट्राफिक कार्यालय प्रमखुको जिम्मेवारी समालेका हुन् ।
प्रकाशित मिति : सोमबार, पौष २१, २०७६ |
१६:५६:३६
2685