कालिका नगरपालिकाले बाड्यो वृद्धवृद्धालाई ब्लाङकेट

कालिका नगरपालिकाले बाड्यो वृद्धवृद्धालाई ब्लाङकेट

पुष २१ गते । चितवनको कालिका नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने ४ वटा वडाको बृद्धबृद्धाहरुलाई ब्लाङकेट वितरण गरेको छ । जाडोका कारणले बृद्धबृद्धाहरुलाई समस्या नहोस भनेर सो नगरपालिकाले वडा नं ८,९,१० र ११ का ८० बर्ष पुरा भएका बृद्धबृद्धाहरुलाई ब्लाङकेट वितरण गरेको हो । वडा नं ८ का १०७ जना,वडा नं ९ का ६३ जना,वडा नं १० का २८ जना,वडा नं ११ का २६ जनालाई ब्लाङकेट प्रदान गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी शक्तिखोरमा रहेको छात्रावासका ३६ जनालाई पनि ब्लाङकेट प्रदान गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा मेयर खुमनारायण श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बृद्धबृद्धाहरुलाई ब्लाङकेट हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर श्रेष्ठले पैसा नभएर जाडोमा बृद्धबृद्धाहरु कठ्याग्रिएर बस्न नपरोस भनेर ब्लाङकेट वितरण गरिएको बताए । उनले जाडोको जोखिमबाट बच्न स्थानीय स्तरमा उपलब्ध हुने साधनको प्रयोग गर्न पनि आग्रह गरे ।