कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेल आइसीयूमा भर्ना
प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०७७ | १२:००:५७
काठमाडौं २१ कात्तिक ।
कोरोनाभाइरस संक्रमित भएका हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । कात्तिक १० गते संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो ।
थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो । गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण देखिएको उनी संक्रमित भएयता स्वास्थ्यबारे निगरानी गर्दै आएका जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०७७ |
१२:००:५७
2685