पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिए , १७५२ संक्रमणमुक्त, १७ जनाको मृत्यु

काठमाडौं,२१ मंसिर ।

आइतबार नेपालमा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १३ हजार ५८२ जना आइसोलेसनमा रहेका छन् भने ५३६ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाले ज्यान गुमाएका छन् ।  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ।