खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु

चितवन ,२१ मंसिर ।
पुर्वी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्करदिदा एक जनाको मृत्यु भएको छ । आज साँझ करिब ८ बजे खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पुर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले बिपरित दिशाबाट गई रहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।       दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी–७ का ३५ बर्षीय बिजेन्द्र चौधरीलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । गाडी र चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।