ट्याक्टरको ठक्करबाट भण्डारामा एकजना प्रहरी जवानको मृत्यु

चितवन ,२१ मंसिर ।
पुर्वी चितवनको भण्डारामा ट्याक्टरको ठक्करबाट
एकजना प्रहरी जवानको मृत्यु भएको छ । ट्याक्टरले मोटरसाइकललाई ठक्करदिदा मोटरसाइकलमा सवार प्रहरी जवान सुजन न्यौपानेको मृत्यु भएको हो । आइतबार साझ करिब ८ बजे राप्ती ६ भण्डारामा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले न्यौपाने सवार ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे ।    ईलाका प्रहरी कार्यालय खुर्काेट सिन्धुली दरबन्दी भई हाल ईप्रका भण्डारा चितवनमा कार्यरत प्रहरी जवान न्यौपानेको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । दुर्घटना लगत्तै ट्याक्टर चालक फरार छन् भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।