कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६ | ११:४१:२४
काठमाडौं ,२३ माघ।
कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् ।
०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो ।
टिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए ।
उनका अनुसार घाइते दुवै जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।
प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६ |
११:४१:२४
2927