चीनको कम्पनी टेनसेन्टको डेटा लीक, कोरोनाभाइरसबाट संक्रमितको संख्या निकै धेरै रहेको खुलासा

चीनको कम्पनी टेनसेन्टको डेटा लीक, कोरोनाभाइरसबाट संक्रमितको संख्या निकै धेरै रहेको खुलासा

चीन,२३ माघ

चीनको ठूलो कम्पनी टेनसेन्टले तयार पारेको एक आँकडा शनिवार सार्वजनिक भएको छ र त्यसमा कोरोनाभाइरसबाट संक्रमित मानिसहरूको संख्या अहिले बताइएको भन्दा निकै धेरै रहेको देखिएको छ ।

आधिकारिक आँकडामा अहिलेसम्म ५६३ जनाको मृत्यु भएको र २८ हजार १८ वटा केस पुष्टि भएको देखिन्छ । तर टेनसेन्टबाट लीक भएको आँकडामा १ लाख ५४ हजार २३ जनामा संक्रमण पुष्टि भएको र ७९ हजार ८०८ जनामा संक्रमणको आशंका रहेको देखिएको छ ।

टेनसेन्टको वेबपेजमा एपिडेमिक सिचुएसन ट्य्राकर शीर्षमा यो आँकडा दिइएको हो ।

अनि शनिवारको आधिकारिक आँकडामा ३०० जना भाइरस संक्रमणबाट निको भएको देखाइएको भए पनि टेनसेन्टको डेटामा २६९ जना मात्र निको भएको देखाइएको छ ।

 

डेटा लीक भएको केही क्षणपछि नै टेनसेन्टले आधिकारिक संख्या अप्डेट गरेको थियो । इन्टरनेट प्रयोगकर्ताहरूले यसअघि टेनसेन्टले संक्रमितको संख्या अति नै बढी देखाएको र पछि तत्कालै सरकारी आँकडा दोहोर्‍याएको बताए ।

केही मानिसले चाहिँ कोडिङमा समस्या आएका कारण वास्तविक आन्तरिक डेटा अनायास देखिएको हुन सक्ने अनुमान गरेका छन् । अन्य केहीले चाहिँ पर्दापछाडि बसेर कसैले वास्तविक संख्या लीक गरिरहेको बताए ।

तर बेइजिङले लुकाइरहेको आन्तरिक आँकडाले महामारीको वास्तविक विस्तारलाई प्रतिबिम्बित नगर्न सक्छ । वुहानमा रहेका अनेकौं स्रोतले बताएअनुसार, कोरोनाभाइरसका धेरै रोगीहरूले उपचार पाएका छैनन् र अस्पताल बाहिरै उनीहरूको मृत्यु भइरहेको छ ।

ताइवानन्युज डट्कमबाट