
एजेन्सी,२३ माघ ।
नोबेल कोरोना भाइरस संक्रमितहरुको लागि आजबाट औषधि प्रयोग गरिने भएको छ । कोरोना भाइरसबाट निमोनिया भएका चिनियाँ नागरिकहरुको लागि आज बिहीबारबाट रेमडेसिभिर नामक एन्टिभाइरस औषधि चलाउन लागिएको हो । बुधबार एक पत्रकार सम्मेलनको बीच चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारबाट उक्त भ्याक्सिन प्रयोगमा आउने बताएका थिए ।
उक्त रेमडेसिभिर औषधिलाई चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय स्वास्थ्य आयोग तथा राष्ट्रिय मेडिकल उत्पादक संघले प्रमाणित गरिसकेको कारण आजबाट औषधि प्रयोग शुरु हुन लागेको हो ।
रेमडेसिभिर औषधिको विकास अमेरिकी औषधि कम्पनी गिलियड साइन्सेजले गरेको हो । औषधि परिक्षण कार्यक्रमका संयोजक काओ बिनले उक्त औषधिको बारेमा चीनको वुहानस्थित जिनिनटन अस्पतालमा भएको पत्रकार सम्मेलनमा बताएका हुन् ।
शुरुमा ७६१ जना संक्रमितबाट औषधिको परिक्षण हुनेछ । यसको लागि कुनै पनि बिरामीमा औषधि प्रयोग गरिनेछ ।
चिनियाँ एकेडेमी अफ मेडिकल साइन्सेज ९सीएएमएस०, चाइना–जापान फ्रेन्डसिप अस्पताल, इन्टिच्यूट अफ मटेरिया मेडिकाको लगायतका अस्पतालमा औषधि ट्रायलको रुपमा प्रयोग हुन लागेको हो । यी बाहेक वुहान शहरका जिनियान्टन अस्पताल लगायतमा पनि औषधिको परिक्षण हुनेछ ।
ट्रायलपछि यसको प्रभावकारिताको परिक्षण हुनेछ ।