पाल्पामा टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २३, २०७६ | १५:१३:३२
बुटवल,२३ फागुन ।
सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामीडांडामा ट्रिप्परकोले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउदै गरेको लु। ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउदै गरेको लुं २ ख । ३१ ७८ नम्बरको टिप्परले ठक्कर दिदाँ मोटरसाईलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ बर्षिय मधु श्रेष्ठको मृत्यु भएको छ ।
उनका श्रीमान् हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको छ । प्रहरीले ठककर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २३, २०७६ |
१५:१३:३२
3103