धनकुटामा ब्रेक फेल भएर सडकमै पल्टियो बस, ५५ जना घाइते

धनकुटामा ब्रेक फेल भएर सडकमै पल्टियो बस, ५५ जना घाइते

धनकुटा,२३ फागुन ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी कोशी राजमार्गअन्तर्गत दुर्घटनामा परी ५५ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परी ३० जना यात्रु गम्भीर र २५ जना यात्रु सामान्य घाइते भएको प्रत्यक्षदर्शी चहकमान थापाले बताए। यता इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख यदु खड्काले दुर्घटनामा परी २५ जना यात्रु मात्रै सामान्य घाइते भएको दाबी गरेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका २५ जना यात्रुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। सुनसरीको धरानबाट तेह्रथुमको शुक्रबारेतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बस कार्कीछापमा बीच सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो। दिउँसो करिब साढे ११ बजे उक्त दुर्घटना भएको थियो। ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसको चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।