कोरोना असर : धनगढीका सबै विद्यालय २५ गतेबाट बन्द गरिने

कोरोना असर : धनगढीका सबै विद्यालय २५ गतेबाट बन्द गरिने

काठमाडौँ,२३ फागुन ।

धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस ९कोभिड १९० को संवेलनशिलताका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

नगरशिक्षा समिति,शिक्षक संघ, संगठन, प्याप्सन , एनप्याप्सन र अन्य सरोकारवालाहरुको बैठकल उप–महानगरपालिका अन्तरगत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभएसम्म फागुन २५ गतेदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको हो ।