
जनकपुरधाम,२३ फागुन ।
नेपाल प्रहरीलाई प्रदेश २ सरकारले २४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का प्रदेश प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीलाई २४ वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
प्रहरीलाई प्रविधिसँग जोड्दै शान्ति सुरक्षा चुस्तदुरुस्त पार्ने उदेश्यले प्रदेश २ सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुनमन्त्रालयले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल प्रहरीलाई उक्त मोटरसाइकल प्रदान गरेको मन्त्री यादवले जानकारी दिए ।
उनले चाँडै प्रहरीलाई १६ वटा पिकअप भ्यान समेत प्रदान गर्ने जानकारी गराएका छन् ।