कोरोना भाईरसको त्रासका कारण एसईई नसर्ने
काठमाडौं ,२३ फागुन।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ६ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका यथावत रहेको जनाएको छ । कोरोना भाईरसको संक्रमण फैलन सक्ने त्रासका कारण विद्यालय बन्द गरिएको तथा एसईई स्थगित भएको जस्ता गलत सन्देशहरु सामाजिक सञ्जालबाट आएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।
शुक्रबार मन्त्रालयको प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरेर एसइइ पूर्व निर्धारित तालिका अनुसार नै सञ्चालन हुने स्पष्ट पारेका छन् । ‘परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने गलत सुचनाको भ्रममा नपर्न मन्त्रालय सरोकारवाला सबैमा अनुरोध गर्छ’ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले कोरोना भाइरसको जोखिमको विषयमा स्थितीको विश्लेषण गरिरहेको पनि शर्माले जनाए ।
मन्त्रालयले कक्षा एकदेखि नौसम्मको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएसंगै त्रास फैलिएको हो ।