खैरहनीका महिलालाई दिईयो नेतृत्व विकास तालिम
फागुन २३ गते । खैरहनी नगरपालिकाले नगर भित्रका महिलाहरुलाई नेतृत्व विकास एवंम् संस्थागत विकास तालिम दिएको छ । फागुन १९ गते सुरु भएको तालिमको शुक्रवार समापन गरिएको छ । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा तालिमको समापन गरिएको हो । तालिम समापन गर्दै उपप्रमुख थपलियाले नेतृत्व तहमा पुग्न महिलाहरु पनि जागरुक हुनु पर्नेमा जोड दिईन् । संविधानले पनि महिलालाई अधिकार दिएकाले त्यसका बारे जानकार हुनु पर्ने उनले औल्याईन् । सहभागी महिलाहरुले पाँच दिने तालिम फलदायी रहेको भन्दै वेला वेलामा यस्ता तालिम संचालन गर्नु पर्ने वताए । तालिममा नगरको १३ वटा वडाबाट टोल विकास संस्थाका २,२ जना,महिला सहकारी,एकल महिला,दलित,अपाङ,जेष्ठ नागरीक गरि ४० जनाको सहभागी थिए । तालिममा नगरपालिकाका मेयर लालमणी चौधरी, उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा , सामाजिक विकास समिति संयोजक मनेजर महतो,महिला तथा वालवालिका शाखा प्रमुख कृष्णाकुमारी गुरुङ,विमला रानाभाटले सहजीकरण गरेका थिए ।