राष्ट्र बैंकको गभर्नरका लागि मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस
काठमाडौं,२४ चैत्र ।
राष्ट्र बैंकको आगामी गभर्नरका लागि मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले गभर्नरका लागि बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालाई सिफारिस गरेको हो ।
अर्थमन्त्री खतिवडाको समितिमा पूर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र अर्को एक जनामा पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् ।
समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुई जना र राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट एक जना छान्नुपर्ने कानुनी ब्यवस्था छ।
समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ। तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ ।
सम्भवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्नेछ ।