थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७६ | १६:२१:५५
काठमाडौं,२४ चैत ।
सरकारले लकडाउन ८ दिन थप गरेको छ । कोरोनाका संक्रमित व्यक्तिहरु फेला परेसँगै भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो ।
सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर खाद्यान्न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्चालन गर्न भने दिने निर्णय गरेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २४, २०७६ |
१६:२१:५५
1981