खैरहनीको कोरोना कोषलाई ५० हजार सहयोग

खैरहनीको कोरोना कोषलाई ५० हजार सहयोग

चैत २४ गते । साना किसान कृषि सहकारी संस्था खैरहनीले खैरहनी नगरपालिकामा स्थापित कोरोना भाईरस रोग नियन्त्रण तथा राहत कोषलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाईरसको सक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन र यसपछि उत्पन्न समस्या समाधानका लागि नगरपालिकाले कोष स्थापना गरेको थियो । एकद्धार प्रणाली अवलम्वन गरेपछि कोषमा सहयोग आउने क्रम जारी रहेका वेला साना किसानको तर्फबाट सोमवार ५० हजार रुपैया सहयोग भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राधिका कुमारी क्षेत्रीले नगर प्रमुख लालमणी चौधरीलाई ५० हजार बरावरको चेक हस्तान्तरण गरेकी थिईन् । चेक ग्रहण गर्दै नगर प्रमुख चौधरीले नगरसंग सहकार्य गरेर सहयोग गरेकोमा धन्यवाद दिदै विपन्न वर्गका लागि राहत र संभावित रोग न्युनिकरणमा खर्च गरिने वताए । चेक हस्तान्तरणका लागि संस्थाकी अध्यक्ष क्षेत्रीको नेतृत्वमा उपाध्यक्ष शान्तिकुमारी चौधरी,संचालक देवी कुमारी थापा र व्यवस्थापक चन्द्र वहादुर लामिछाने नगरपालिका पुगेका थिए । लकडाउनका कारण ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्नेहरुलाई खैरहनी नगरपालिकाले राहत वितरण गरिसकेको छ । छुटेको भनेर गुनासो गरेकाहरुलाई समेत मापदण्ड अनुसार राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।