रत्नगरमा ट्रकको पछाडी मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु

रत्नगरमा ट्रकको पछाडी मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु

चितवन,२२ पुस।
पूर्वीचितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ४ देबौलीमा गएराति सौराहाबाट टाँडीतर्फ आउदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ना ५ख ६४४५ नम्बरको ट्रकमा ठक्कर खाएको हो ।

रोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर खाँदा मोटरसाइकल चालक सोहि स्थानका बर्ष ३० को अजय चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।