चितवन प्रहरीले खोज्यो १५० वटा हराएको मोबाइल

चितवन प्रहरीले खोज्यो १५० वटा हराएको मोबाइल

चितवन , २२ पुस ।
चितवन प्रहरीले ठुलो संख्यामा हराएको मोबाइल बरामद गरेको छ । चालु आर्थिक बर्षको करिब ६ महिनामा चितवन प्रहरीले १ सय ५० वटा हराएको मोबाइल खोजेको हो ।

पछिल्लो समय भेटिएकोे ३३ थान मोबाइल प्रहरीले आज मोबाइल धनीहरुलाई हस्तान्तरण गरेको हो । चालु आर्थिक बर्षको अहिलेसम्म ६ सय ३६ वटा मोबाइल हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । फेला पर्न बाकीँ अन्य मोबाइलहरुको पनि खोजी कार्य जारी रहेको कोइरालाले बताए । विभिन्न स्थानमा हराएको मोबाइलहरु खोजेर प्रहरीलले सम्बन्धि मोबाइल धनीलाई दिदै आएको छ ।