दुम्सी काटिरहेको अवस्थामा चितवनमा दुईजना पक्राउ

दुम्सी काटिरहेको अवस्थामा चितवनमा दुईजना पक्राउ

चितवन , २२ पुस। 
जंगली वन्यजन्तु दुम्सी काटिरहेको अवस्थामा चितवनमा दुईजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर २ मिलन टोलबाट दुम्सी काट्ने दुईजनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

मंगलबार बिहान २ बजे दुम्सी काटिरहेको अवस्थामा शेरबहादुर मगर र नेत्र बहादुर मगरलाई इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले पक्राउ गरेको थियो । करिब साढे पाँच केजी मासु , छाला सहित दुवैजनालाई थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालय भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।