नायिका श्वेता खड्काले कसिन् विजयेन्द्र सिंहसंग लगनगाँठो (फाेटाेफिचर)

काठमाडौं,२२ मंसिर ।  

अभिनेत्री श्वेता खड्का सोमबार (आज) धनगढीका विजयेन्द्र सिंह राउतसँग वैवाहिक बन्धनमा बाँधिएकी छिन्। काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनको विवाह सम्पन्न भएको हो ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको दिनमा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार गर्न नसक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन् ‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असारमा विवाह भएको थियो । विवाहको एक महिनापछि साउन २५ गते श्रेष्ठको असामयिक निधन भएको थियो । छ वर्षपछि पुन नयाँ जीवन सुरु गरेकी भन्दै श्वेताका फ्यानले शुभकामना दिएका छन् ।