पछिल्लो २४ घण्टामा थपिए १ हजार १४ कोरोना संक्रमित,२०जनाको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो

पछिल्लो २४ घण्टामा थपिए १ हजार १४ कोरोना संक्रमित,२०जनाको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो

काठमाडौं,२२ मंसिर ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार १४ जना कोरोना संक्रमि थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख २७ हजार ४३३ पुगेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९४८ जना सक्रिय सङ्क्रमित छन् ।