कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६ | १४:०६:४६
काठमाडौं,२४ माघ।
बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले २६ वर्षीय अनिल लामालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याएको हो।
कलंकीको अन्डरपासमा बा ४ ख ८५७९ नम्बरको टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको थियो। मृत्यु हुनेमा रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरी छन्।
प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६ |
१४:०६:४६
2025