पर्सामा टाटा कारको सोरुम

पर्सामा टाटा कारको सोरुम

माघ २४ गते । पूर्वी चितवन खैरहनीको पर्सामा टाटा कारको सोरुम संचालनमा आएको छ । टाटा कारको आधिकारिक विक्रेता शेखर मोटर्सले पर्सामा सोरुम संचालनमा ल्याएको हो । शुक्रवार एक कार्यक्रमका बीच खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा क्षेत्रीले सोरुमको उद्घाटन गरे । कार्यक्रममा उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, चितवन डिलर एशोसियसनका प्रतिनिधि उत्तम अधिकारी विशिष्ठ अतिथि रहेका थिए । शाखा प्रबन्धक शम्भु वर्तौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कम्पनीका डिलर डेभलपमेन्ट म्यानेजर गोबिन्द घिमिरेले स्वागत मन्तव्य राखेका थिए । सोही अवसरमा १५ वर्ष अघि टाटा कार खरिद गर्ने ग्राहक जगत बहादुर पाण्डे र सानुकाजी पाण्डेलाई सम्मान गरिएको थियो । सोरुमका संचालकहरु विगत पाँच वर्षदेखी मोटरसाईकल रिकन्डिसन हाउस संचालन गर्दै आएका छन् ।